मंसिर २९ गतेदेखि आउँदैछ नबिल बैंकको ३ अर्बको ऋणपत्र, ब्याजदर र अवधि कति ?

काठमाडौं । नबिल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले आगामी मंसिर २९ गतेदेखि ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ निष्काशन गर्न गर्ने भएको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । त्यसमा ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ ।
बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ भने सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन छिटोमा पुस ३ गते हुनेछ भने ढिलोमा पुस १३ गते हुने बैंकले जनाएको छ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।