चिलिमे जलविद्युतले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश पारित गरेको हो ।
कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । कम्पनीले पुष २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि चिलिमेले पुस ८ गते बुक क्लोज गर्नेछ ।













