उपकार लघुवित्तका सेयरधनीहरुको हात रित्तो « Arthapath.com
२४ मंसिर २०८०, आईतवार

उपकार लघुवित्तका सेयरधनीहरुको हात रित्तो



काठमाडौँ । उपकार लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको संचालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । कम्पनीले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्