पुष १३ गते मकर जितमाया सुरी हाइड्रोपावरले बोलायो साधारण सभा
काठमाडौँ । मकर जितमाया सुरी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा पुष २३ गतेका लागि बोलाएको छ । सभा सुर्य इभेन्ट, धुम्बाराही, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
साथै, सभाले सर्वसाधारण तर्फको संचालक निर्वाचन पनि गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष २ गते एक दिन बुक क्लोज गर्ने भएको हुँदा पुष १ गतेसम्म कायम सेयधरनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।













