९ श्रावण २०८३, शनिबार

सानिमा रिलायन्सको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन हुने



काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहने सेयरधनीहरुले अबको ७ दिनभित्र काठमाडौँको नयाँ बानेश्वरस्थित कम्पनीको प्रधान कार्यालय वा काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलमा निवेदन दिन भनेको हो ।

साथै सो अवधिमा संस्थापक सेयरधनीबाट कुनै निवेदन नपरेको खण्डमा संस्थापक सेयर सर्वसाधारण शेयरमा परिणत गर्न सहमति भएको मानिने कम्पनीले जारी गरेको सूचनामा भनेको छ ।

हाल कम्पनीमा संस्थापकको ७० प्रतिशत प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।


प्रतिक्रिया दिनुहोस्