७ श्रावण २०८३, बिहिबार

चिलिमे जलविद्युतको साधारण सभा पुष २० गते, लाभांश पारित मुख्य एजेण्डा



काठमाडौँ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २७औं वार्षिक साधारढा सभा पुष २०गतेका लागि बोलाएको छ । सभा राष्ट्रिय सभागृह काठमाडौँमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्ष ०७९÷८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ । सभामा सञ्चालक समितिमा रहने दुई जना स्वतन्त्र सञ्चालक निर्वाचन गर्ने कार्यक्रम सभाका लागि तय भएको छ । त्यस्तै सर्वसाधारण समुहबाट एक जना महिला सहित चार सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष ८ गते एक दिन बुक क्लोज गर्ने भएको हुँदा पुष ५ गते कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्