९ श्रावण २०८३, शनिबार

१२ वटा बीमा कम्पनीको डिडिए गर्दै प्राधिकरण



काठमाडौं । नेपाल बीमा प्राधिकरणले १२ बीमा कम्पनीहरूको विस्तृत लेखा परीक्षण (डिडिए) गर्ने भएको छ । 

प्राधिकरणले बीमकको सम्पत्ति तथा दायित्वको हरहिसाब खुल्ने गरी विस्तृत लेखा परीक्षण गर्न लागेको हो । पहिचान भएका १२ वटा कम्पनीको डिडिए गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

ती बीमा कम्पनीहरूको डिडिए गर्न इच्छुक चार्टर्ड एकाउन्टेन्सी फर्म वा कम्पनीहरूले प्रस्ताव पेस गर्न सक्नेछन् । उक्त प्रयोजनका लागि प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गर्न  सक्नेछन् । 

प्राधिकरणका अनुसार प्रतिबीमक कस्ट अफ आरएफपी बिड डकुमेन्ट्स २ हजार रुपैयाँ तोकिएको छ । यस्तै, बीड सेक्युरिटी रकम भने न्यूनतम २० हजार रुपैयाँ निर्धारण गरेको छ । इच्छुकहरूले आगामी पुस २४ गतेसम्म प्रस्ताव पेस गर्न प्राधिकरणले आव्हान गरेको छ । 


प्रतिक्रिया दिनुहोस्