उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुको हात रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
कम्पनी मंसिर २७ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत गरेको छ ।