नाडेप लघुवित्तले लाभांश नदिने

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको मंसिर ३० गते बसेको संचालक समितिले उक्त निर्णय गरेको हो । गत आर्थिक वर्ष कम्पनीले २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।