नेपाल ल्यूवले २५ प्रतिशत बोनस दिने, नगद कति ?
नेपाल ल्यूवले २५ प्रतिशत बोनस दिने, नगद कति ?
काठमाडौँ । नेपाल ल्यूव आयलले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुष २५ गते साधारण सभा बोलाएको छ । सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान ११.३० बजे बस्ने गरी आव्हान गरेको हो
सभा प्रयोजनका लागि कम्पनीले पुस १० गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।













