लक्ष्मी लघुवित्तका सेयरधनीहरुको हात रित्तो

काठमाडौँ । लक्ष्मी लघुवित्तका सेयरधनीहरुको हात रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको पुष १ गते बसेको संचालक समितिको उक्त निर्णय गरेको हो । सोहि बैठकले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।