नेप्सेमा प्रभु महालक्ष्मी लाइफको ४ करोड २९ लाख कित्ता सेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ४ करोड २९ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको हो ।
साविक प्रभु लाइफसँग नेप्सेमा सूचीकरण नभएको महालक्ष्मी लाइफ मर्ज भएर अब नेप्सेमा प्रभु महालक्ष्मी लाइफको नाममा सेयर कारोबार हुन लागेको हो । दुई कम्पनीले १ः१ को सेयर स्वाप रेसियोको आधारमा मर्ज भएर कायम भएको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा ‘पीएमएलआई’ संकेतमा कारोबार सुरु हुनेछ ।













