हाथवे इन्भेष्टमेन्ट नेपालले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष २ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश पारितका लागि पुष २६ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा लैनचौर ब्यांकेटमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभा प्रयोजनका लागि कम्पनीले पुष १२ गते बुक क्लोज गर्ने भएको हुँदा पुष ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन तथा लाभांश हात पार्न सक्नेछन् ।













