हिमालयन लघुवित्तले पुष २५ गते बोलायो साधारण सभा, सेयरधनीहरुलाई भने छैन लाभांश « Arthapath.com
३ पुष २०८०, मंगलवार

हिमालयन लघुवित्तले पुष २५ गते बोलायो साधारण सभा, सेयरधनीहरुलाई भने छैन लाभांश



काठमाडौँ । हिमालयन लघुवित्तले वार्षिक साधारण सभा पुष २५ गतेका लागि बोलाएको छ । सभा बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीका सेयरधनीहरुको हात रित्तो हुने भएको छ । यो पटक कम्पनीले लाभांश वितरण सम्बन्धी एजेण्डा छैन ।

सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालक पनि नियुक्ति गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्