१० श्रावण २०८३, आइतबार

चन्द्रागिरि हिल्सका सेयरधनीहरुको हात रित्तो, बोलायो साधारण सभा

चन्द्रागिरि हिल्सका सेयरधनीहरुको हात रित्तो, बोलायो साधारण सभा



काठमाडौँ । चन्द्रागिरि हिल्सका सेयरधनीहरुको हात रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सोहि बैंठकले १४ औ वार्षिक साधारण सभा पुष २४ गते चन्द्रागिरि हिल्सको कार्यालय सभा बस्ने गरी आव्हान गरेको हो ।

यस्तै, सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले पुष १३ गते बुकक्लोज गर्ने भएको हुँदा पुष १२ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउने छन्।