विन्ध्यवासिनी हाइड्रोपावरद्धारा लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौँ । विन्ध्यवासिनी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष ३ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । ।
सोहि बैगठकले साधारण सभा पुस २६ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।
यस्तै, सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुष १७ गते बुक क्लोज गर्ने भएको हुँदा पुष १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।













