९ श्रावण २०८३, शनिबार

प्रभु महालक्ष्मी लाइफले पुष २९ गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?



काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा अर्पण ब्यांकेट, बानेश्वर, काठमाडौँमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनीले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्ने मुख्य एजेण्डा रहेको छ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ ।

साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना र संस्थापक तर्फ ४ जना सञ्चालक नियुक्त गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुष १३ गते बुक क्लोज गर्ने भएको हुँदा पुष १२ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्