सिडिएस एण्ड क्लियरिङ्गले पुष २६ गते बोलायो साधारण सभा, शत प्रतिशत लाभांश वितरण गर्ने
सिडिएस एण्ड क्लियरिङ्गले पुष २६ गते बोलायो साधारण सभा, शत प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौँ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले १३औं वार्षिक साधारण सभा पुष २६ गतेका लागि बोलाएको छ । सभा दोस्रो तल्ला सेयर मार्केट्स कमर्सियल कम्प्लेक्स पुतलिससडक काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट शत प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।












