१० श्रावण २०८३, आइतबार

चन्द्रागिरी हिल्सको लक इन अवधि माघ ८ गते सकिने

चन्द्रागिरी हिल्सको लक इन अवधि माघ ८ गते सकिने



काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडको लक इनमा राखिएको सेयरको लक इन अवधि माघ ८ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुने भएको हो ।

संस्थापक समुहको १ करोड ३५ लाख कित्ता, स्थानीयवासीको ३ लाख ६ हजार ८ सय १९ कित्ता र ६१ हजार ३ सय ६४ कित्ता सेयरको लक इन अवधि खुल्ने भएको हो ।