लघुवित्त बैंकर्स संघमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा यादव - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लघुवित्त बैंकर्स संघमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा यादव



काठमाडौँ । लघुवित्तका सीइओहरुको छाता संगठन लघुवित्त बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न साधारण सभाले राम बहादुर यादवको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा रामहरि दाहाल, महासचिवमा संजय मण्डल, सचिवमा गंगाधर पाण्डे, र कोषाध्यक्षमा विनोद आचार्य चयन भएका छन् । सदस्यहरुमा शिव ज्ञवाली, सुरेश बहादुर बम, सौगात चौधरी, श्याम कटुवाल, सरदा खत्री र बद्रि दुलाल चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्