भारतलाई मात्रै नभएर अब बंगलादेश र चीनलाई पनि बिजुली बेच्छौँः प्रधानमन्त्री प्रचण्ड
भारतलाई मात्रै नभएर अब बंगलादेश र चीनलाई पनि बिजुली बेच्छौँः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई मात्रै नभएरबंगलादेश र चीनलाई पनि बिजुली बेच्ने बताएका छन् र सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।
‘दोस्रोपटक प्रधानमन्त्री हुनु अघिसम्म १८ घण्टा लोडसेडिङ हुनु स्वाभाविक मानिन्थ्यो, आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ। १ वर्षमा बिजुली बेचेर १५ अर्ब २७ करोड आर्जन गर्ने अवस्थामा पुगेको छ’ उनले भने ।
उनले ५ वर्षमा यो अवस्था आउने कल्पना पनि नगरिएको दाबी गरे। भारतमा बिजुली बिक्री सुरु भइसकेको र चाँडै बंगलादेशमा समेत बिजुली बिक्री गरिने उनको भनाइ छ।













