७ श्रावण २०८३, बिहिबार

भूगोल इनर्जीले माघ ६ गते बोलायो एजिएम, सेयरधनीहरुको हात भने रित्तो



काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले माघ ६ गते साधारण सभा बोलाएको छ । सभा काजिको किचेन पुरानो बानेश्वर काठमाडौँमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीका सेयरधनीहरुको हात भने रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस २३ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्