फरवार्ड माइक्रोफाइनान्सले बोलायो साधारण सभा, सेयरधनीहरुको हात रित्तो

काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्सले ११औं वार्षिक साधारण सभा पुष २७ गतेका लागि बोलाएको छ । सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल दुहवी, सुनसरीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा यस कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनका लागि कम्पनीले पुष १९ गते बुक क्लोज गरिसकेको छ ।