१० श्रावण २०८३, आइतबार

प्रतिकित्ता १५० रुपैयाँमा नै सिटिजन्स बैंकको सेयर सर्वसाधारणले किन्ने मौका



काठमाडौँ । सिटिजन्स बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ७० हजार ४९०.६१ कित्ता सेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकेको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अकिंत गरी आवेदन पेश गर्ने सकिनेछ ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बैंकले विक्री खुला गरेको थियो । विद्यमान संस्थापक सेयरधनीहरूमा विक्री हुन नसकेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री प्रक्रिया अघि बढाएको हो ।

सेयर खरीद गर्न चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौँमा आवेदन दिन सकिनेछ ।