१० श्रावण २०८३, आइतबार

नेष्डो समृद्ध लघुवित्तले चैत मसान्त भित्र साधारण सभा गर्ने



काठमाडौँ । नेष्डो समृद्ध लघुवित्तले वार्षिक साधारण सभाको म्याद थप गर्ने धितोपत्र बोर्डसँग आग्रह गरेको छ । कम्पनि ऐन, २०६३ को दफा ७६(१), बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६२(२),वित्तीय संस्थाको नियमावलीको नियम १८(२) तथा धितोपत्र दर्ता तथा निश्काशन नियमावली, २०७३ मा भएको व्यवस्था वमाजिम वित्तीय संस्थाको साधारण सभा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र अर्थात पौष मसान्त भित्र साधारण सभा गरी सक्नु पर्ने ब्यवस्था रहेको छ ।

संस्थाको लेखापरिक्षण कार्य सम्पन्न भईनसकेकोले पुष मसान्तमा साधारण सभा सम्पन्न गर्न नसकेको जनाएको छ । सभा गर्नका लागी ३ महिना(२०८० चैत्र मसान्त सम्म) म्याद थप गर्न बोर्डमा आवेदन दिएको हो ।


प्रतिक्रिया दिनुहोस्