युनिक नेपाल लघुवित्तको साधारण सभा सम्पन्न « Arthapath.com
२५ पुष २०८०, बुधबार

युनिक नेपाल लघुवित्तको साधारण सभा सम्पन्न



काठमाडौँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा कोहलपुरमा सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ कोलागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ ।

सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति÷समाहित गर्ने कार्यकोलागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै संचालक समितिमा सर्वसाधारण शेयरधनीबाट कोहपुर बाँकेका जागेश्वर प्रसाद चौधरीलाई सर्वसम्मतिबाट चयन गरेको छ ।

हाल युनिक वित्तीय संस्थाको चुक्ता पुँजी रु.१४ करोड ८५ लाख ७५ हजार रहेको छ ।


प्रतिक्रिया दिनुहोस्