माछापुच्छ्रे बैंकको एक करोड १२ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
सेयर खरिद गर्ने चाहने इच्छुकले आवश्यक कागजात संकला गरी माघ २ गतेसम्म बैंकको केन्द्रिय कार्यालय सुन्धारा, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
संस्थापक सेयरधनीहरुमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्री खुला गरिएको हो ।
यो शेयरको न्यूनतम मूल्य ११५ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १० लाखकित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँटमा शेयर प्राप्त गर्ने लगानीकर्ताले पुस २५ गतेपछि बैंकबाट घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्न योग्य हुने जानकारी समेत बैंकले दिएको छ ।













