महिला लघुवित्तकले पुष मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने भएको छ ।
कम्पनीको गत आर्थिक वर्षको वार्षिक वित्तीय लेखापरिक्षण कार्य सम्पन्न भई राष्ट्र बैंक समक्ष पूर्व स्वीकृततिको लागि प्रकृयामा रहेकाले पुष मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने भएको हो ।
आगामी चैत मसान्तसम्म सभा गर्ने भएको छ ।