बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५७० पुग्यो
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या मंसिर मसान्तमा ११ हजार ५७० रहेका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा २०८० असार मसान्तमा ११ हजार ५८९ रहेका थिए ।
बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या मंसिर मसान्तमा ११२ रहेको छ । यसमध्ये
२० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्।












