कालिका लघुवित्तको ६१ हजार कित्ता सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ६१ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष २७ गते) ले ३५ दिनभित्रसंस्थाको केन्द्रीय कार्यालय कास्कीको पोखरा–१० मा आवेदन दिन सकिनेछ।
साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।