नाडेप लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । रानीबन पार्टी प्यालेस नगार्जुनमा सम्पन्न भएको हो ।
सभा पिताम्वर प्रसाद आचार्यको अध्यक्षामा गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत उपेन्द्र बहादुर कार्कीले स्वगत मन्तव्य राखेका थिए ।
सञ्चालक समितिका अध्यक्ष आचार्यले हाल वित्तीय क्षेत्रमा प्रतिकुल अवस्था रहेता पनि आगामी दिनमा सहज परिस्थितिको कामना गदैं ग्राहाक सदस्यलाई थप गुणस्तरीय सेवा प्रदान गदैं शेयरधनीको अपेक्षा पुरा गर्न संस्था प्रतिबद्ध रहेको जानकारी गराए । आगामी दिनमा नेपाल राष्ट्र बैंकबा६ जारी हुने नीति तथा निर्देशनहरु अझै लघुवित्त मैत्री होस भन्ने कामना समेत गरे ।
त्यसै गरी संस्थाको उन्नति र प्रगतिमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग, सल्लाह र प्रोत्साहित गरी आ–आफ्नो क्षेत्रबाट पु¥याउनु भएको योगदानका लागि सम्पूर्ण शेयरधनी, ग्राहकहरु, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सजेन्ज,सिडिएस एण्ड क्लियरिङ्ग , बैंक तथा वित्तीय संस्थाहरु, लेखापरीक्षक, दातृ निकायहरु र यस वित्तीय संस्थाका कर्मचारीहरुलाई सञ्चालक समितिको तर्फबा६ हार्दिक धन्यवाद दिंदै आगामी दिनहरुमा समेत निरन्तर सहयोगको अपेक्षा गरे ।