एनएलजी इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष २९ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण गरीनेछ ।













