२६ भदौ २०८३, शुक्रबार

छुटाउनु होला है रिडी पावरको हकप्रद सेयर, आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन १८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

उक्त हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो।

कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुक क्लोज गरेको थियो। त्यसका आधारमा माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।