ग्लोबल आइएमई लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

ग्लोबल आइएमई लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सिमराभवानीपुर शाखाले विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) को अवसरमा बृन्दावन नगरपालीका–२ विश्रामपुर, रौतहटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल माध्यमिक विद्यालय विश्रामपुर, रौतहटमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा वित्तीय साक्षरता आजको आवश्यकता र बैंक तथा वित्तीय संस्थाको महत्व, वित्तीय अनुशासन, कर्जाको महत्व तथा कर्जा सदुपयोगिता, बचतको महत्व, बचत, कर्जा, बीमा, रेमिटान्स, डिजिटल बैंकिङ्ग, आम्दानी, खर्च, कर्जाको प्रयोग लगायतका विषयमा अन्र्तक्रिया तथा जनचेतनामुलक सामाग्रीहरु प्रस्तुत गरिएको थियो ।

महेन्द्रनगर प्रादेशिक कार्यालयका प्रदेश प्रमुख कृष्ण ढुङ्गानाको सभापतित्व र दहियार अनुगमन स्टेशन प्रमुख भुपेन्द्र बहादुर खड्काको सञ्चालनमा भएको उक्त कार्यक्रममा करिब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले वित्तीय संस्थाले सातै प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्