फर्कियो सेयर बजारमा उत्साह: कारोबार रकममा पनि बढोत्तरी, तीन कम्पनीमा झुम्मिए लगानीकर्ता « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

फर्कियो सेयर बजारमा उत्साह: कारोबार रकममा पनि बढोत्तरी, तीन कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौं । लगातार पाँच दिनको गिरावटपछि सेयर बजारमा सुधार आएको छ । साताको पहिलो कारोबार दिन बजार दोहोरो अंकले बढेको हो ।

आइतबार बजार २२.७५ अंकले वृद्धि भएको छ । उक्त दिन बजार परिसूचक २०२६.८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज होटेल तथा पर्यटन समूह ४.५६ अंक र व्यापार १.११ अंकले घटेको छ । तर, यी बाहेकका सबै समूहहरु हरियाली भएका छन् ।

आज बैंकिङ्ग समूह ६.११ अंक, विकास बैंक समूह १२२.०९ अंक, फाइनान्स ११३.०१, हाइड्रोपावर समूह २८.४० अंक, उत्पादक तथा प्रशोधन ११५.७२, जीवन बीमा समूह १४५.२५, निर्जीवन बीमा समूह ९२.०७, माइक्रोफाइनान्स २८.३७ अंकले बढेका छन् ।

आज कारोबार रकममा समेत सुधार आएको छ । सुस्ताउँदै गरेको कारोबार रकम आज बढेको हो । उक्त दिन ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर किनबेच भएको हो ।

उक्त दिन नेपाल पुनर्बीमा बीमा कम्पनीको संस्थापक सेयर सर्वाधिक किनबेच भएको छ। आज कम्पनीको ९५ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको गोर्खाज फाइनान्सको १९ करोड ४ लाख र तेस्रो सूचीमा रहेको सूर्यज्योति लाइफको ११ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्