८ श्रावण २०८३, शुक्रबार

सगरमाथा लुम्बिनीको १ लाख १४ हजार कित्ता सेयर लिलामी बिक्री खुला, कति र कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्सुरेन्सको सवा लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुल भएको छ ।

कम्पनीको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर आज अर्थात् चैत २८ गते बुधवारबाट लिलामी बिक्री खुला गरेको हो ।
उक्त सेयरको बिक्री मूल्य न्यूनतम २७५ रुपैयाँ तोकिएको छ ।

न्युनतम मूल्य वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । न्युनतम आवेदन १ हजार कित्ताका लागि दिन सक्नेछन् । शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने अन्तिम भने जेठ १ गते रहेको छ । कम्पनीको लिलामी आवेदन कुमारी क्यापिटल, नागपोखरी काठमाडौंबाट पेश गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्