आज एकैदिन चार कम्पनीको साधारण सभा बस्दै, मुख्य एजेन्डा केके छन् ?
काठमाडौं । आज अर्थात् चैत ३० गते एकैदिन चार वटा कम्पनीहरुको साधारण सभा हुँदैछ ।
उक्त दिन तीन लघुवित्तसहित चार वटा कम्पनीले साधारण सभा गर्दैछन् । आज जआरम्भ चौतारी लघुवित्त, मानुषी लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र पिपुल्स हाइड्रोपावरको सभा बस्दैछ ।
आज मानुषी लघुवित्तले पनि सभा गर्दैछ । कम्पनीले होटल, उग्रचण्डी बनेपा नगरपालिका ७ काभ्रेपलान्चोकमा हुँदैछ । कम्पनीले आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश दिने प्रस्ताव गरेको छैन।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । यस्तै, सभा चालु आव २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
यस्तै, आरम्भ चौतारी लघुवित्तको सभा बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुँदैछ । कम्पनीले बिना लाभांश सभा बोलाएको हो । यस्तै, वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । सभामा अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित हुने छ ।
यता, आज जनउत्थान सामुदायिक लघुवित्तले पनि साधारण सभा बोलाएको छ । सभा होटल न्यू ईरा, बुटवल उप–नगरपालिका–०९, कालिकापथ, रुपन्देहीमा बिहान ११ बजेदेखि सुरु हुँदैछ । कम्पनीले पनि आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश दिने प्रस्ताव गरेको छैन ।
सभामा गत आव २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ र सर्वसाधारण सेयरधनीको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ । अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
त्यसैगरि पपुल्स हाइड्रोपावरहाइड्रोपावर कम्पनीको साधारण सभा पनि आज बस्दैछ । सभामा हकप्रद सेयर निष्कासशनको प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । सभामा वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेेछ ।
सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने चालु आवको लागि लेखापरिक्षक नियुक्त गर्ने लगायतका एजेन्डाहरु छन् ।













