नेप्सेमा नेरुडे मिर्मिरे लघुवित्तको सेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति तोकियो ?

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर सूचीकृत भएको हो ।
यी दुई कम्पनी एकआपसमा मर्ज भएपछिको सेयर सूचीकृत गराएको हो । साविकको नेरुडे र मिर्मिरे लघुवित्त १ः१ अनुपातमा मर्ज भएका हुन् ।
कम्पनीको सेयर आगामी आइतबारदेखि कारोबारमा आउने । नेप्सेले पहिलो कारोबारका लागि ५८७ रुपैयाँ ८६ पैसा निर्धारण गरेको छ । कम्पनीको स्टक सिम्बोल एनएमएलबिबिएल कायम भएको छ।