९ श्रावण २०८३, शनिबार

मुक्तिनाथ विकास बैंकद्वारा रम्भादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण



काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले शिक्षा तथा बालबालिकाहरुको हित लाई मध्यनजर गर्दै नवलपुरको वुलिङटार स्थित रम्भादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको छ ।

बैंकले नर्सरी देखि कक्षा ५ सम्मका ७६ जना विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीज्यूहरु, विद्याथीहरुको उपस्थिति रहेको थियो ।
यस सहयोगबाट स्थानीय बालबालिकाहरु विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्