८ श्रावण २०८३, शुक्रबार

नेपाल पुनर्बीमा कम्पनीको सिइओका लागि ५ जनाको नाम सर्टलिस्ट



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि ५ जनाको नाम सर्टलिस्ट भएको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत छनौट तथा सिफारिस समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको हो । समितिले दामोदर भण्डारी, नारायण कुमारी भट्टराई, बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापाको नाम सर्टलिस्ट गरेको हो ।

सर्टलिस्टमा परेका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि मिति, समय र स्थान तोकिएको छ ।

गत पुस ११ गतेदेखि रिक्त रहेको नेपाल पुनर्बीमा कम्पनीको सीईओमा ७ जनाले आवेदन दिएका थिए । कम्पनीले सिईओको लागी गत फागुन ७ गते २१ दिनको म्याद राखेर विज्ञापन खोलिएको थियो ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना


प्रतिक्रिया दिनुहोस्