८ श्रावण २०८३, शुक्रबार

नेपाल लाइफले २१.०५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई २१.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यसमा १.०५ प्रतिशत भने नगद लाभांशमा कर प्रयोजनका लागि रहेको कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्