सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१६ असार २०८३, मंगलबार

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा १ हजार ७ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सँगै छापावाल सुन आज १ लाख ४२ हजार ७ सय कायम भएको छ । अघिल्लो दिन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत जेठ १८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको थियो ।

तेजाबी सुन सोमबार तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएकोमा आज १ लाख ४२ हजार हजार तोकिएको छ।

आज चाँदीको मूल्य पनि सामान्य अंकले बढेको छ। अघिल्लो दिन १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १० रुपैयाँले बढेर तोलामा १८६० रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्