बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३औं शाखा « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३औं शाखा



काठमाडौं । प्रभु बैंक लिमिटेडले बैतडीको देहीमाण्डौंमा शाखा विस्तार गरेको छ । बैंकले सो जिल्लाको दशरथचन्द नगरपालिका–२ स्थित देहीमाण्डौंमा आफ्नो ३०३ औं शाखा विस्तार गरेको हो ।

बैंकले आज अर्थात् जेठ ३० गतेदेखि कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् । यसका साथै त्यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ ।

बैंकले विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तारमा जोड दिएको छ । बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्