माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता संस्थापक सेयर सर्वसाधारणले पनि किन्न पाउने, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
२० असार २०८२, शुक्रबार

माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता संस्थापक सेयर सर्वसाधारणले पनि किन्न पाउने, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । माछापुच्छ्रे बैंकले साढे १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक गणेश बहादुर श्रेष्ठको आफ्नो स्वामित्वमा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् ।

उक्त सेयर खरिद गर्न जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री मूल्य भने तोकिएको छैन ।

बैंकले यसअघि पनि विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिएर बिक्री खुला गरेको थियो । तर, सो सेयर खरिदका लागि आवेदन नपरेपछि अहिले सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री गर्न लागेको हो ।

सेयर खरिद गर्न इच्छुकले आजका मिति (असार २ गते) बाट ७ दिनभित्र आवेदन दिन पर्नेछ । आवेदन माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन पेश गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्