संस्थागत बीमा सर्भेयरहरुलाई केवाइसी अपडेट गर्न ३० दिनको समय
काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत बीमा सर्भेयरहरु केवाइसी अपडेट गर्न भनेको छ ।
एक सूचना जारी गर्दे प्राधिकरणले संस्थागत बीमा सर्भेयरको इजाजतपत्र लिई लिई सक्रिय रहेका सर्भेयरलाई ३० दिन भित्र अपडेट गर्न भनेको हो ।
प्राधिकरणको वेवसाइट https://nia.gov.np/ भित्र इसर्भिस मा गई अर्गानाइजेशनल सर्भेयर केवाइसी अपडेट लिंक खोली आफ्नो विवरण तथा आवश्यक कागजातहरु अद्यावधिक गर्न अनुरोध गरेको छ।














