नेप्से २२ अंकले बढेर साढे ३ अर्बको कारोबार

काठमाडौं । सेयर बजार साताको दोस्रो दिन २२ अंकले बढेको छ । सोमबार साढे ३ अर्वको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज परिसुचक २२.३१ अंकले बढेर साढे ३ अर्बको कारोबार भएको हो ।
शुरुमा केही समय ओरालोलागेको नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा १.५३ प्रतिशतले बढेको हो ।
सोमबार १४६२.६९ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजे सम्म आउँदा १४८४.९९ को बिन्दुमा पुगेको छ ।
१८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता शेयर ४० हजार २०६ पटक खरिद विक्री हुदाँ ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।