१ कार्तिक २०८३, आइतबार

समृद्धि फाइनान्सको औरही शाखा कार्यालयको पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न



काठमाडौ । समृद्धि फाइनान्स कम्पनी लि. औरही शाखा कार्यालयले आफनो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले औरही नगरपालिकाका स्थानीय व्यापारीहरु, वचतकर्ताहरु,बुद्विजिवि, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि आदिको उपस्थितिमासम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ–आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उक्तरोक्तरप्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए।

शाखाले आगामी दिनहरूमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरिय कर्जा लगानिमा घनिभुत ढंगले अगाडि बढ्ने र बैंकिङ सेवालाई थप शसक्त बनाउन स्थानीय जनचाहना बमोजिम कार्यलाई प्राथमिकता दिई कार्य गर्ने शाखाको कार्ययोजना रहेको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।