सेयर बजारको गिरावट कायमै, कारोबार रकम साढे ३ अर्ब, दुई फाइनान्स कम्पनीमा झुम्मिए लगानीकर्ता « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

सेयर बजारको गिरावट कायमै, कारोबार रकम साढे ३ अर्ब, दुई फाइनान्स कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौं । सेयर बजारको गिरावट कायमै छ । साताको पहिलो कारोबार दिन पनि बजार दोहोरो अंकले घटेको हो ।

आइतबार बजार १४.८३ अंकले घटेको छ । उक्त दिन बजार परिसूचक २ हजार ३७ दशमलव ०९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स ८.३९ अंक र उत्पादक तथा प्रशोधन समूह १.९९ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु राताम्य बनेका छन ।

आज ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको ९१ लाख ७८ हजार ८९५ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन नेपाल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् । आज कम्पनीको १२ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको जानकी फाइनान्सको पनि ११ करोड ९८ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यस्तै, युनाईटेड इदि मार्दी आरवि हाइड्रोपावरको १० करोड ३९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

उक्त दिन मुक्तिनाथ कृषि कम्पनी, मैलुङखोला जलविद्यत कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् । तर, मनकामना स्मार्ट लघुवित्त, साधना लघुवित्त लगायतका लगानीकर्ताले उच्च दरमा गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्