८ श्रावण २०८३, शुक्रबार

सूर्यज्योति लाइफको ४६ लाख ६३ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

आइतबार कम्पनीको ४६ लाख ६३ हजार ७५६ दशमलव ९७४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १०.२६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

सोही बापतको सेयर सूचीकृत गराएको हो । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्