कक्षा ११ र १२ पढ्ने विद्यार्थीहरुलाई सानिमा बैंकको छात्रवृत्रि, यो वर्षका लागि आवेदन खुला
काठमाडौं । सानिमा बैंकले यो वर्षको शैक्षिक छात्रवृत्रि आवेदन खुला गरेको छ ।
बैंकले हरेक उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि स्थायी बसोबास गर्ने २।२ जनालाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ ।
बैंकले विद्यार्थीहरुकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गन छात्रवृत्ति (शैक्षिक संस्थामा लाग्ने शुल्कहरु र सामाग्रीहरुका अतिरिक्त मासिक २ हजार रुपैयाँ ) प्रदान गर्दै आएको हो ।
यो वर्षमा पनि सोही छात्रवृत्तिलाई निरन्तता दिँदै बैंकले कक्षा ११ र १२ अध्ययनका लागि आवेदन खुल्ला गरेको हो । २०८० सालमा संचाललित एसईई परीक्षामा उत्र्तीण गर्ने गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् । छात्रवृत्तिको रकम प्रतिवर्ष ५० हजार रुपैयाँसम्मको हुनेछ । जसमा मासिक खर्चका लागि प्रतिमहिना २ हजार रुपैयाँ नगदवृत्ति समावेश हुनेछ ।
बैंकले सन् २०१२ देखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सोहि अनुरुप यस वर्षको लागि पनि बैंकले आवेदन खुल्ला गरेको छ ।
उपत्यका बाहिरका उच्च शिक्षा हासिल गर्न इच्छुकले आगामी साउन ३२ गते कार्यालय समयभित्र आवेदन दिन सक्ने छन । छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेबसाइट मा पनि उपलब्ध रहेको छ ।
आवेदक शाखा रहेको स्थानको स्थायी बासिन्दा हुनुपर्नेछ भने गरिब तथा विपन्न परिवारको हुनुपर्ने बैंकले जनाएको छ। सरकारी तथा सामुदायिक विद्यालयमा निरन्तर विगत तीन वर्ष अध्ययन गरि पहिलो प्रयासमा नै एसईईमा न्युनतम बी ग्रेड ल्याएको हुनुपर्नेछ।













